NIMB Header 2
Nepal Life

माबिलुङ इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला

National Life
  • BFIS News
  • 2025 Aug 11 07:33
माबिलुङ इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला
Sanima Reliance

काठमाडौं, साउन २६।  माबिलुङ इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन थालेको छ।

Shikhar
NIMB

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भएको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री सुरु गरेको हो।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त छ। यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ।

अब कम्पनीले १३ लाख ५४ हजार २३५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्दैछ। यसमध्ये ३० हजार ९५ कित्ता कर्मचारी र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएका छन्। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने यो आईपीओको निष्काशन अवधि छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म रहनेछ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

माबिलुङ इनर्जीले सञ्चालन गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ छ। प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र छुट मूल्यमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहने अनुमान गरिएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया