Nepal Life

रमपम चाउचाउको आइपिओ आउदै, बिक्री प्रवन्धकका लागि हिमालयन सेक्युरिटिज सँग सम्झौता

NMB Bank
  • BFIS News
  • 2025 Aug 13 21:52
रमपम चाउचाउको आइपिओ आउदै, बिक्री प्रवन्धकका लागि हिमालयन सेक्युरिटिज सँग सम्झौता
National Life

काठमाडौं, साउन २८ गते। नेपालमा रमपम चाउचाउ लगायतका नुडल्स र स्न्याक्स उत्पादन तथा निर्यातमा अगाडि रहेको एशियन थाई फुड्स लिमिटेड (एटीएफ) ले आइपिओ निष्काशनको प्रकृयाँ अगाडी बढाएको छ। कम्पनीले यसका लागि हिमालय सेक्युरिटिज बैंकर लिमिटेड (एचएसबीएल) सँग इस्यु म्यानेजरको रूपमा सम्झौता गरेको छ।

Shikhar
NIMB

यो रणनीतिक सहकार्य एटीएफको सार्वजनिक बजारमा औपचारिक प्रवेश हो, जसले कम्पनीको आगामी विस्तार योजनालाई थप गति दिने विश्वास गरिएको छ।

सम्झौतामा दुवै कम्पनीका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। एटीएफका तर्फबाट अध्यक्ष शिवरहरा शारदा, प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारदा र निर्देशक आशिष जाजु उपस्थित थिए भने एचएसबीएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बी. श्रेष्ठ र उपमहाप्रबन्धक शंकर राईबहादुर उपस्थित थिए।

एटीएफको उत्पादन केन्द्रहरू विराटनगर र तौलिहरवा मा छन्, जहाँबाट रम्पुम, जेडपी, र प्रीति जस्ता चर्चित ब्रान्डहरू सहितका फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) ३० भन्दा बढी मुलुकहरूमा निर्यात गरिँदै आएको छ।

कम्पनीले आईपीओ मार्फत सर्वसाधारणको लगानी संलग्न गराई आन्तरिक उत्पादन क्षमता वृद्धिसँगै अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्य लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया