NIMB Header 2
Nepal Life

बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

National Life
  • BFIS News
  • 2025 Aug 19 11:21
बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
Sanima Reliance

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री गर्न लागेको हो।

कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजीमध्ये २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरका ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सोमध्ये ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि, ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीका लागि र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ४१ हजार ८० कित्ता शेयर, जसको कुल मूल्य ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबर, निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARENP डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ।

बन्दीपुर केवलकार आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहने अनुमान गरिएको छ।

यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया