NIMB Header 2
Nepal Life

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

National Life
  • BFIS News
  • 2025 Aug 19 11:24
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने
Sanima Reliance

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बिक्री गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरका ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ।

यसअन्तर्गत जारी पूँजीको १ प्रतिशत अर्थात १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन गर्न लागिएको हो। सो शेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत हिस्सामध्ये ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिनेछ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन अवधि छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउने रेटिङ प्रदान गरेको छ।

यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। उद्योग प्रभावित बासिन्दाले नबिल बैंक, एनएमबि बैंक तथा ग्लोबल आइएमई बैंकका पाल्पा र रुपन्देहीका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया