Nepal Life

नेप्सेले वृद्धिलाई निरन्तरता दियो, कारोबार रकम साढे ५ अर्बमा सीमित

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 15:27
नेप्सेले वृद्धिलाई निरन्तरता दियो, कारोबार रकम साढे ५ अर्बमा सीमित
National Life

काठमाडौं ।  मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले मंगलबार पनि सोही वृद्धिलाई निरन्तरता दिएको हो।

Shikhar
NIMB

मंगलबार नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८०.१५ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स २.७३ अंक, फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले बढेको छ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। सोमबार ६ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३१६ स्टकको ६१ हजार ७८४ पटकको कारोबारमा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ।

शेयर मूल्यका दृष्टिले सान्भि इनर्जी सर्वाधिक ६.९८ प्रतिशतले बढेको छ। त्यस्तै, पियोर इनर्जीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी र इष्टर्न हाइड्रोपावरको शेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.१४ प्रतिशतले घटेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको शेयर कारोबार रकम ३१ करोड ७२ लाख रुपैयाँ पुगेको छ। हिमालयन डिष्टिलरीको करिब साढे २८ करोड रुपैयाँ र राधी विद्युत कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये मंगलबार १२ उपसमूहको परिसूचक बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.२४ अंकले घटेको छ। वृद्धिदर सबै बढेका उपसमूहमा १ प्रतिशतभन्दा कम रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया