Nepal Life

पिपुल्स पावरले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 10:14
पिपुल्स पावरले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने
National Life

काठमाडौं । पिपुल्स पावर लिमिटेड (PPL) ले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको हकप्रदमा आवेदन नपरेका शेयरहरू लिलाम प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।

Shikhar
NIMB

कम्पनीले यसअन्तर्गत ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्न लागेको जनाएको छ। इच्छुक लगानीकर्ताले भदौ १५ गतेदेखि २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी आवेदन दिन सक्नेछन्। न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अधिकतम शेयर संख्यामा भने कुनै सीमा तोकिएको छैन।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसहित प्रभु बैंकका विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया