Nepal Life

तीन दिनको सुधार पछि ३८ अंकको करेक्सन, अल्पकालिन नाफा बुकले निरन्तर सुधारमा लाग्यो ब्रेक

NMB Bank
  • BFIS News
  • 2025 Aug 28 15:18
तीन दिनको सुधार पछि ३८ अंकको करेक्सन, अल्पकालिन नाफा बुकले निरन्तर सुधारमा लाग्यो ब्रेक
National Life

काठमाडौं। तीन दिनको लगातार सुधार पछि आज ३७ अंकले करेक्सन भएको छ। गएका तीन कारोबार दिनमा नेप्से सूचक ७९.१५ अंकले सुधार भएको थियो। यस अवधिमा दुई पुनर्बीमा कम्पनीले राम्रै छलाङ मारेता पनि लगानीकर्ताले अल्पकालिन नाफा बुक गर्न खोज्दा नेप्से सूचक नै घट्न पुगेको हो। 

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकले शेयर बजार मैत्री नीति लिदा पनि शेयर बजारले भने गति लिन सकेको छैन। बैंक व्याजदर इतिहासकै कम विन्दुमा छ। बैंक वित्तीय संस्थाले दिने प्रतिफल ज्यादै न्युन छ। यसले गर्दा लगानीकर्ताले बजारमा अवसर कुरिरहेका थिए। तर सबैले एकै पटक बजारबाट कमाउन खोज्दा बजारले भने गति लिन सकेको छैन। 

यो समय भने लाभांशको पुर्वार्धको समय हो। अहिले शेयर खरिद गर्नले छिट्टै लाभांश पाउन सक्ने छन्। राष्ट्र बैंक लघुवित्त वित्तीय संस्थाको लाभांशको सिलिङ बढाइदिएको छ। यस बाहेक १० वटा भन्दा धेरै बाणिज्य बैंकले दोहोरो अंकको लाभांश दिने क्षमता बोकेर बसेका छन्। सबै कम्पनीहरु लेखापरीक्षणमा जुटेका छन्। लेखापरीक्षण सकिने वित्तीकै लाभांश घोषणा सुरु हुनेछ। 

आज शेयर बजारमा विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी, शिवम सिमेन्ट जस्ता कम्पनीको शेयर मूल्यमा सर्वाधिक आकर्षण देखिएको छ। यि कम्पनीको सर्वाधिक धेरै कारोबार भएको छ। ओरियण्टल होटल लगायतका केहि कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ। 

२२७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा पनि ८ अर्ब ९ करोडको कारोबार भएको छ। आज म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तल झरेका छन्।  

शेयर बजारमा अहिले फण्डामेन्टल हेरेर कारोबार गर्ने भन्दा पनि प्राविधिक विश्लेषण गरेर शेयर खरिद बिक्री गर्ने लगानीकर्ता हाबी छन्। जसले बजारको सूचक भन्दा पनि कम्पनीको बढ्ने घट्ने ट्रेण्डलाई बढि मूल्याङ्कन गर्छन्। यसले गर्दा नाफा बुक छिटो हुने गर्छ। नाफा बुक लगानीकर्ताको अनुभव हो। यहि अनुभवले अहिले बजारलाई सुधार गर्ने भन्दा पनि गिरावटमा साथ दिइरहेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया