Nepal Life

धितोपत्र बोर्डले एसवाई प्यानल लाई दियो आईपीओ निष्काशनको स्वीकृत, ५२लाख ३२ हजार ५४८ कित्ता निष्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 03 11:52
धितोपत्र बोर्डले एसवाई प्यानल लाई दियो आईपीओ निष्काशनको स्वीकृत, ५२लाख ३२ हजार ५४८ कित्ता  निष्कासन गर्ने
National Life

काठमाडौं, भदौ १७, २०८२ – नेपाल धितोपत्र बोर्ड (SEBON) ले एसवाई प्यानल नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रस्ताव स्वीकृत गरेको छ। उक्त स्वीकृति आजको मितिमा, १७ भदौ २०८२ मा प्रदान गरिएको हो।

Shikhar
NIMB

कम्पनीले कुल ५२,३२,५४८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्नेछ, जुन कम्पनीको कुल जारी पूँजीको ४० प्रतिशत हो। शेयरको अंकित मूल्य प्रतिकित्ता रु. १०० तोकिएको छ।

यस सार्वजनिक निष्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई इश्यू म्यानेजरको रूपमा नियुक्त गरिएको छ।

यसअघि क्रेडिट रेटिङ संस्था आइसीिआरए नेपालले एसवाई प्यानल नेपाल लिमिटेडलाई [ICRANP-IR] BB (ICRA NP Issuer Rating Double B) रेटिङ पुनः पुष्टि गरेको छ, जसले कम्पनीको समयमै वित्तीय दायित्वहरू पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ। एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओले लगानीकर्ताबीच उत्साह जगाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया